यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ
काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई बिचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले सोमबार ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट उनीहरूलाई पक्राउ गरेको हो।
ललितपुर प्रहरीले सोमबार एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।
उनीहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ।
चैत १६, २०८२ सोमबार २१:१६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।