बालेनको शपथमा 'साइत' को चर्चा, अर्थमन्त्री खनालको कटाक्ष: 'साइतभन्दा नियत र इमानदारीता महत्त्वपूर्ण हुन्छ'

बालेनको शपथमा 'साइत' को चर्चा, अर्थमन्त्री खनालको कटाक्ष: 'साइतभन्दा नियत र इमानदारीता महत्त्वपूर्ण हुन्छ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले 'शुभ-साइत' हेरेर प्रधानमन्त्रीको शपथ लिने तयारी गरेपछि वर्तमान अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।

चैत १२ गते सांसदहरूको शपथपछि, चैत १३ गते रामनवमीको दिन बालेन शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। उनको शपथ ग्रहणका लागि मध्याह्न १२:३४ को शुभ-साइत निकालिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत बालेनको यो तामझाम र साइत हेर्ने परम्पराप्रति कडा टिप्पणी गरेका छन्।

कसैप्रति द्वेष नराखी आफ्नो राय राखेको स्पष्ट पार्दै उनले लेखेका छन्, "यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन, तर इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त! नियत र इमानदारी ब्रह्माण्डीय समय भन्दा बढी महत्त्वपूर्ण छ।"

शपथग्रहणपछि बालेन २ बजेर १५ मिनेटमा सिंहदरबार पुगी प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन्।

चैत ११, २०८२ बुधबार १७:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।