पाँच दिनपछि घट्यो सेयर बजार, १५ अर्बको कारोबार
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ।
नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेको छ।
नेप्से घट्दा पनि कारोबार रकम बढेको छ।
दिनभरमा १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन १४ अर्ब ८३ करोड ९१ लाखरुपैयाँ बराबरको कारोबार भएको थियो।
४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो।
व्यापार समूह सबैभन्दा धेरै ३.४५ र उत्पादन तथा प्रशोधन ०.४८ प्रतिशत बढे। अरु सबै समूहका परिसूचक घटे।
त्यस्तै बैंकिङ १.४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५ हाइड्रोपावर १.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ र अन्य समूह १.७० प्रतिशत घटे।
रिलायन्स स्पिनिङ मिल्स,सुपर खुदीको सेयर मूल्य १० प्रतिशत बढेको छ। सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन ९.९९ प्रतिशत बढे।
अभियान लघुवित्त ७.७४ साल्पा विकास बैंक ६.९९, कर्पोरेट विकास बैंक ६.७१ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी र एसवाई प्यानल छन्।
चैत ११, २०८२ बुधबार १५:३०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।