१७१ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

१७१ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना पक्राउ परेका छन्। 

प्रहरीले मंगलबार बिहान करिब १७१ किलो २१ ग्राम लागू औषध गाँजासहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत ११, २०८२ बुधबार १२:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।