मकवानपुरमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, चालक गम्भीर घाइते
मकवानपुर : मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत ११, २०८२ बुधबार १०:४२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।