एनएमबि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : एनएमबि बैंकले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखाहरूमार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रमहरू सञ्चालन गरेको थियो।

वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरूलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनाका सम्बन्धमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। 

बैंकका अनुसार यी कार्यक्रमहरूबाट देशभरका ४ हजारभन्दा बढी व्यक्तिहरू लाभान्वित भएका छन्। वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा प्रभातफेरी तथा जनचेतनामूलक र्यालीको आयोजना गरेको थियो। 

हाल एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा दिँदै आएको छ। 

चैत १०, २०८२ मंगलबार १७:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।