डाँका र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
काठमाडौं : डाँका र ज्यान मार्ने उद्योग मुद्दामा १० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले दोलखाको शैलुङ गाउँपालिका-४ घर भई हाल गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई सोमबार बौद्धबाट पक्राउ गरेको हो।
तामाङलाई दोलखा जिल्ला अदालतले २०७४ साल पुसमा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहँदै आएका थिए।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार, पक्राउ परेका तामाङलाई कैद तथा जरिवाना भुक्तानका लागि फैसला कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
चैत ९, २०८२ सोमबार २१:१४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।