अमेरिकाविरुद्ध इरान थप कठोर : मुठभेटको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
एजेन्सी : मध्यपूर्वमा जारी द्वन्द्व चौथो हप्तामा प्रवेश गरिरहँदा अमेरिका र इरानबीचको सैन्य तनाव थप जटिल बनेको छ।
अमेरिकाले इरानी गतिविधिप्रति कडा चेतावनी जारी गरेपछि प्रतिउत्तरमा इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘हर्मुज स्ट्रेट’ पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।
स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण छ। यदि अमेरिकाले आफ्ना पावर प्लान्ट वा रणनीतिक पूर्वाधारमा आक्रमण गरेमा तत्कालै हर्मुज स्ट्रेट बन्द बन्द गरिने जनायो। विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यस जलमार्गको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा तोकेका थिए। जसले यस क्षेत्रमा सैन्य मुठभेडको जोखिमलाई थप निकट ल्याएको छ।
इजरायलमा आक्रमण
इजरायली नेताहरूले दक्षिणी इलाकाका दुई समुदायको भ्रमण गरे जहाँ इरानी मिसाइल आक्रमणबाट धेरै मानिस घाइते भएका थिए। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कुनै मृत्यु नहुँदा यसलाई ‘अद्भुत’ बताए।
नेतन्याहूले इजरायल र अमेरिकाले युद्ध लक्ष्य हासिल गर्न प्रगति गर्दै आएको दाबी गरे। यसमा इरानको नाभिकीय कार्यक्रम, मिसाइल कार्यक्रम र हथियारयुक्त समूहहरूको समर्थन कमजोर पार्ने साथै इरानी जनतालाई धर्मनिरपेक्ष शासनतर्फ उन्मुख गर्ने उद्देश्य रहेको छ।
हर्मुज स्ट्रेट र ऊर्जा संरचना जोखिममा
इरानले हर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा जहाज आवागमन रोकिरहेको छ, तर शत्रु देशहरू बाहेकका जहाजहरूलाई सुरक्षित आवागमनको अनुमति दिएको छ। यो स्ट्रेट विश्व तेल आपूर्तिको लगभग एक-पाँचौं हिस्साका लागि अत्यन्त महत्त्वपूर्ण छ।
इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कलीबाफले यदि इरानका पावर प्लान्ट र संरचना निशाना बनाइए, यसले सम्पूर्ण क्षेत्रका ऊर्जा र पेयजल (डिजेलिनेसन) सुविधा प्रभावित हुने चेतावनी दिए।
इजरायल र इरानी हवाई आक्रमण
इरानले आफ्नो मुख्य नाभिकीय समृद्धि केन्द्र नातान्जमाथि गरिएको आक्रमणको प्रतिकार स्वरूप नेगेभ मरुभूमिमा मिसाइल प्रहार गरेको छ। दक्षिण इजरायलको मुख्य अस्पतालले अराद र डिमोना शहरबाट कम्तीमा १७५ घाइते प्राप्त गरेको जनाएको छ।
इजरायलको सुरक्षा बलले हिजोदेखि लेबननमा लक्ष्य सूचीमा पुलहरू समेत समावेश गरेका छन्, जसले शत्रु समूह हिजबुल्लाहको सेनालाई दक्षिणमा सर्न कठिन बनाउनेछ।
चैत ९, २०८२ सोमबार २०:३४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।