नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८३ सालको क्यालेन्डर

नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८३ सालको क्यालेन्डर

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले विक्रम संवत् २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। इन्स्योरेन्सको काठमाडौं कमलादीस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त क्यालेन्डर अनावरण गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल लगायतका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका थिए। नयाँ क्यालेन्डरमा सार्वजनिक बिदाको सूची, विभिन्न चाडपर्व, दिवस, पञ्चाङ्ग तिथि र तारिखहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै इन्स्योरेन्सलाई विश्वासिलो बिमा कम्पनीका रूपमा स्थापित गर्न सहयोग गर्ने ग्राहक, अभिकर्ता, कर्मचारी र सेयरधनीहरूप्रति आभार प्रकट गरे। उनले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै ग्राहक सेवालाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

चैत ९, २०८२ सोमबार १७:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।