नयाँ रोस्ट शो ‘क्ल्यास अफ टङ्ग’ आउँदै, चैत तेस्रो सातादेखि प्रसारण हुने

नयाँ रोस्ट शो ‘क्ल्यास अफ टङ्ग’ आउँदै, चैत तेस्रो सातादेखि प्रसारण हुने

काठमाडौं : नेपाली मनोरञ्जन क्षेत्रमा हास्य र व्यंग्यको नयाँ स्वाद पस्कने उद्देश्यसहित नयाँ रोस्ट शो ‘क्ल्यास अफ टङ्ग’ प्रसारण हुने भएको छ।

कार्यक्रम चैत तेस्रो सातादेखि ‘बिशाल गौतम’ नामक युट्युब च्यानलमार्फत प्रसारणमा आउनेछ। 

कार्यक्रमका निर्देशक तथा होस्ट विशाल गौतमका अनुसार चैत १२ गतेदेखि मैतीदेवीस्थित ‘ह्याप्पी क्लब’मा शोको छायांकन सुरु हुँदैछ।

यस कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूलाई अतिथिका रूपमा निम्त्याएर रोस्ट गरिनेछ, जसले दर्शकलाई मनोरञ्जनको अनौठो अनुभव दिने अपेक्षा गरिएको छ।

यस शोको निर्माण र निर्देशन विशाल गौतम आफैंले गरेका हुन् भने सह-निर्माताको रूपमा बबिन कार्की जोडिएका छन्।

कार्यक्रमलाई धारिलो र प्रभावशाली बनाउन रजनीश अर्याल र आशिष न्यौपानेले लेखनको जिम्मा सम्हालेका छन्। त्यसैगरी, प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी निरज दाहालले गरिरहेका छन्।

चैत ९, २०८२ सोमबार १०:२३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।