नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन, अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन, अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ।

२०८२ पुस २५ गते सम्पन्न निर्वाचनपछि, चैत ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी चयन गर्दै समितिलाई पूर्णता दिएको हो।

नयाँ कार्यसमितिका प्रमुख पदाधिकारीहरूमा महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक चयन भएका छन्।

त्यसैगरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई तथा उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्।

समितिमा निवर्तमान अध्यक्ष करणकुमार चौधरीसहित ५ जना संस्थागत (प्रदेश) सदस्य, ११ जना साधारण सदस्य र अध्यक्षबाट मनोनित ३ जना (दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी) सदस्य रहेका छन्। 

नयाँ कार्यसमिति गठनकै दिन अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका थिए।

चैत ९, २०८२ सोमबार ०९:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।