सानिगाड हाइड्रोको आइपिओ आजदेखि खुला

सानिगाड हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन खुला गरेको छ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ।

स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नम्बर १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

स्थानीयका लागि आइपिओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

चैत ८, २०८२ आइतबार ०९:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।