सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले महँगियो

सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले महँगियो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय र चाँदी ७० रुपैयाँले महँगिएको हो।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार ३४५ रुपैयाँबाट बढेर २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ३३५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य बढेर ४ हजार ५७४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार १० ग्राम चाँदी ४ हजार ५१४ रुपैयाँमा कारोबार भएको थियो।

चैत ३, २०८२ मंगलबार ११:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।