नयाँ वर्ष लक्षित जिली इएक्सफाइभमा विशेष अफर : गाडी किन्दा थाइल्याण्ड भ्रमणदेखि नगद छुटसम्म

नयाँ वर्ष लक्षित जिली इएक्सफाइभमा विशेष अफर : गाडी किन्दा थाइल्याण्ड भ्रमणदेखि नगद छुटसम्म

काठमाडौं : एलआरआर मोटर्सले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जिली इएक्सफाइभ म्याक्स’मा विशेष बिक्री योजना ल्याएको छ।

कम्पनीले ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ नामक नयाँ वर्ष अफर सार्वजनिक गरेको हो।

यो योजना चैत १ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ। यस अवधिमा गाडी खरिद गर्ने ग्राहकले दुई जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले थाइल्याण्ड भ्रमणका अलावा स्मार्ट कफी मेसिन, एडप्टेबल चार्जर, आकर्षक नगद छुट र सहज फाइनान्सिङको सुविधा पनि पाउनेछन्।

साथै, एक वर्षको निःशुल्क अटो प्लस बिमा र एक वर्षको सडक कर (रोड ट्याक्स) समेत कम्पनीले नै व्यहोर्नेछ।

विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई प्रिमियम अनुभव र थप लाभ प्रदान गर्ने उद्देश्यले यो प्याकेज ल्याइएको एलआरआर मोटर्सका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठले जानकारी दिए।

इच्छुक ग्राहकले एलआरआर मोटर्सको शोरुममा गएर सीमित अवधिका लागि ल्याइएको यो अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

चैत ३, २०८२ मंगलबार १०:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।