बम विस्फोटको घटनाप्रति नेपाल बारको भर्त्सना

बम विस्फोटको घटनाप्रति नेपाल बारको भर्त्सना

काठमाडौं : नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एकाइ अगाडि रहेको अधिवक्ता मधुसुदन यादवको 'ल फर्म'मा भएको बम विस्फोटको घटनाप्रति घोर भर्त्सना गरेको छ।

आज दिउँसो ४ बजे भएको बम विस्फोटबाट 'ल फर्म'को सिसा, भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ।

नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाले भने, ‘बार यस घटनाको घोर भर्त्सना गर्दछ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र 'ल फर्म'मा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन हामी सरकारसँग माग गर्दछौँ।’

​उक्त विस्फोट कसले र किन गराएको हो भन्ने खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

फागुन २७, २०८२ बुधबार २०:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।