वायु प्रदूषण घटाउन नेपाललाई विश्व बैंकको ७ अर्ब ७ करोडभन्दा बढी वित्तीय सहयोग

वायु प्रदूषण घटाउन नेपाललाई विश्व बैंकको ७ अर्ब ७ करोडभन्दा बढी वित्तीय सहयोग

काठमाडौं : विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ। 

वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ। 

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै  वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

फागुन २७, २०८२ बुधबार ११:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।