बुधबार पनि बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार पनि बढ्यो सुनको  मूल्य, चाँदीको स्थिर

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। 

मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार २१०अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन २७, २०८२ बुधबार ११:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।