टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ खुला
काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावरले बुधबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ।
कम्पनीले जारी पुँजी एक अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो। जसमध्ये १२ लाख कित्ता साधारण सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।
यस्तै सर्वसाधारणतर्फ छुट्टाइएको सेयरमध्ये तीन लाख तीन हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्टाइएको कम्पनीले जनाएको छ।
यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म खुला रहनेछ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
फागुन २७, २०८२ बुधबार ०९:१७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।