सामसङ नेपालले सुरु गर्‍यो ग्यालेक्सी एस२६ सिरिजमा प्रि-अर्डर

सामसङ नेपालले सुरु गर्‍यो ग्यालेक्सी एस२६ सिरिजमा प्रि-अर्डर

काठमाडौं : सामसङ नेपालले ‘फ्ल्यागसिप’ स्मार्टफोन ग्यालेक्सी एस२६ सिरिजको नेपाली बजारमा प्रि-अर्डर खुल्ला गरेको छ। यस सिरिज अन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा, एस२६ प्लस र एस२६ मोडेलहरू उपलब्ध छन्।

यस पटकको मुख्य आकर्षण ग्यालेक्सी एआई अनुभव र सुरक्षा फिचरहरू रहेका छन्। ग्यालेक्सी एस२६ अल्ट्रामा पहिलो पटक ‘इन-बिल्ट प्राइभेसी डिस्प्ले’ र ७.९ मिमिको स्लिम डिजाइन समावेश गरिएको छ। 

क्यामेरातर्फ यसमा उन्नत ‘नाइटोग्राफी भिडियो’, ‘सुपर स्टेडी’ प्रविधि र एआईमार्फत फोटो सम्पादन गर्न सकिने ‘फोटो असिस्ट’ जस्ता सुविधाहरू छन्। कम्पनीले यस सिरिजमा ७ वर्षसम्म ओएस र सुरक्षा अपडेट दिने प्रतिबद्धता जनाएको छ।

नेपाली बजारमा ग्यालेक्सी एस२६ सिरिजको मूल्य एक लाख ३३ हजार ९९९ देखि दुई लाख ९३ हजार ९९९ सम्म कायम गरिएको छ। कोबाल्ट भायोलेट र कालो रङमा यी फोनहरू उपलब्ध हुनेछन्। प्रि-अर्डर मार्च ८ देखि मार्च १८ सम्म वा स्टक रहेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

प्रि-अर्डरमा पाँच हजार देखि १५ हजारसम्मको ‘स्टोरेज अपग्रेड’ अफर उपलब्ध गराइएको छ। साथै, सामसङ इन्स्टा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको ईएमआई सुविधा पनि दिइएको र मासिक किस्ता तीन हजार ६३६ बाट सुरु हुने कम्पनीले जनाएको छ। पुराना फोन साट्न चाहनेका लागि ‘एक्सचेन्ज’ सुविधा समेत उपलब्ध छ।

फागुन २७, २०८२ बुधबार ०८:३८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।