सुर्खेतमा १६ बर्सिया किशोरीको सामूहिक बलात्कारपछि हत्या, ४ किशोर पक्राउ

सुर्खेतमा १६ बर्सिया किशोरीको सामूहिक बलात्कारपछि हत्या, ४ किशोर पक्राउ

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका चारै जना १८ वर्षमुनिका नाबालकहरूलाई नियन्त्रणमा लिएको हो।

गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएकी इनिसा फागुन २३ गते बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन्। वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनी अबेरसम्म घर नफर्किएपछि खोजी सुरु भएको थियो।

सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन (शहीद पार्क) मा उनी गम्भीर रक्ताम्मे र बेहोस अवस्थामा फेला परेकी थिइन्। तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकका आफन्तले इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा 'कर्तव्य ज्यान र जबरजस्ती करणी' को जाहेरी दिए। जाहेरी र अनुसन्धानको आधारमा प्रहरीले फागुन २३ गते एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा २४ गते थप तीन जना किशोरहरूलाई पक्राउ गरिएको छ।

फागुन २६, २०८२ मंगलबार १७:१२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।