सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

सर्लाही : सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–९ का ५५ वर्षीय गौरीशंकर साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट भन्सार छली गरी ल्याइएको ९१५.४६० ग्राम चाँदीका गरगहना बरामद गरिएको हो।

प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध रूपमा चाँदी ल्याउँदै गरेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

फागुन २६, २०८२ मंगलबार १२:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।