एकैदिन ३८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

एकैदिन ३८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन-चाँदीको मूल्य बढेको छ। 

सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन लाख १७ हजार दुई सय रूपैयाँ कायम भएकाे छ।  

सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सयमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा तीन सय १० बढेर  पाँच हजार सात सय २०  रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियाे।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन २६, २०८२ मंगलबार ११:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।