इरानको सैन्य शक्ति सकिएको दाबी गर्दै ट्रम्पले भने- ‘वार्ताका लागि धेरै ढिला भइसक्यो’
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न अब निकै ढिला भइसकेको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले इरानले वार्ताको चाहना राखे पनि समय घर्किसकेको प्रतिक्रिया दिए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा इरानको सैन्य क्षमता र नेतृत्व तह समाप्त भइसकेको दाबी गरे। उनले इरानको रक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त भएको जिकिर गरे।
ट्रम्पले लेखेका छन्, ‘उनीहरूको एयर डिफेन्स, एयर फोर्स, नौसेना र लिडरसिप समाप्त भइसकेको छ। उनीहरू वार्ता गर्न चाहन्थे। मैले भने- धेरै ढिला भइसक्यो।’
उनले इरान वार्ताका लागि इच्छुक रहेको दाबी गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिँदा इरानका उच्च अधिकारीले त्यसको खण्डन गरेका थिए।
इरानका सुरक्षा प्रमुख अली लारीजानीले भने उक्त दाबीको खण्डन गरेका थिए। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिकी भनाइलाई अस्वीकार गरे। लारीजानीले लेखेका थिए, ‘हामी अमेरिकासँग वार्ता गर्ने छैनौं।’
फागुन १९, २०८२ मंगलबार २१:१२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।