३८ अङ्कले बढ्यो नेप्से, काराेबार रकम ६ अर्ब नाघ्याे

३८ अङ्कले बढ्यो नेप्से, काराेबार रकम ६ अर्ब नाघ्याे

काठमाडाैं : साताकाे दाेस्राे कारोबार दिन मंगलबार पनि सेयर बजार बढेकाे छ। आइतबार १९.२७ अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३८.५२ अंकले बढेकाे छ।

यसदिन १.४४ प्रतिशतले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक २७ सय १२ दशमलव ४९ विन्दुमा उक्लिएकाे छ। नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ।

३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा  छ अर्ब २३ करोड ४३ लाख ८१ हजार बराबरको कारोबार भएको छ।

आइतबार ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियाे ।

आज व्यापार बाहेक सबै उपसमुह बढेका छन्।

हाइड्राेपावर सर्वाधिक २.१३, माइक्राेफाइनान्स १.६६, वाणिज्य बैंक १.६४, हाेटल तथा पर्यटन १.६०, विकास बैंक १.५९, उत्पादन तथा प्रशाेधन १.४९, फाइनान्स १.४३, निर्जिवन बीमा १.११, जीवन बीमा १.०५ र अन्य समुह १.०३ प्रतिशतले बढेका छन् ।

सालपा विकास बैङ्क लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। पञ्चकन्या माइ हाइ हाइड्राेपावर ९.८९ र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य ९.८२ प्रतिशतले बढेकाे छ।

फागुन १९, २०८२ मंगलबार १६:०३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।