रौतहटमा मोटरसाइकल रोकेर गहना लुट्न खोज्दा २ युवक पक्राउ
काठमाडौँ : रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिइएको हो।
उनीहरुले राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन्। निजको खोजी भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
फागुन १९, २०८२ मंगलबार १२:४३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।