काठमाडौंमा ८१७ मतदान केन्द्र, सात लाखभन्दा बढी मतदाता

काठमाडौंमा ८१७ मतदान केन्द्र, सात लाखभन्दा बढी मतदाता

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ।

दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिए।

काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र ५७ मतदान केन्द्र छन्। यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन्।

काठमाडौं क्षेत्र नं. २ मा ४० वटा मतदानस्थल र १०० मतदान केन्द्र छन्। यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले बताए।

काठमाडौं क्षेत्र नं ३ मा २९ मतदानस्थल र मतदान केन्द्र ७२ छन्। यस क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन्।

काठमाडौं क्षेत्र नं. ४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन्। यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन्।

काठमाडौं क्षेत्र नं. ५ मा मतदानस्थल ३१ र मतदान केन्द्र ९० छन्। यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन्।

काठमाडौं क्षेत्र नं. ६ मा मतदानस्थल ३२ र मतदान केन्द्र ७९ छन्। यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ छन्।

काठमाडौं क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ छन्। यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्।

काठमाडौं क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ छन्। यहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन्।

काठमाडौं क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० छन्। यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन्।

यस्तै, काठमाडौं क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ। यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ छन्।

फागुन १७, २०८२ आइतबार १२:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।