मध्याह्नसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भागमा आंशिक बादल
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसले गर्दा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमानअनुसार बिहीबार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ।
तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
माघ २९, २०८२ बिहीबार ०७:१७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।