टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटा साट्न सकिने

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटा साट्न सकिने

काठमाडौं : सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह २०२६ को अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले 'एक्सचेन्ज विथ लभ' नामक कार्यक्रम फागुन १ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्ने भएको हो।

यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना जुनसुकै ब्रान्डका पुराना गाडीहरूलाई साटेर टाटा मोटर्सका नयाँ अत्याधुनिक ईभी वा आइस रेन्जका गाडीहरू खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। यो कार्यक्रम देशभर रहेका टाटा मोटर्सका सबै शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत नयाँ गाडी बुकिङ गर्ने ग्राहकहरूले हरेक गाडीको खरिदमा विशेष नगद छुटको व्यवस्था, पुराना गाडीको उचित मूल्याङ्कन सहित अतिरिक्त एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जानकारी दिएको छ।

१ वर्षको सवारी कर निःशुल्क र निःशुल्क चार्जिङ बक्स जडान, आकर्षक एक्सेसरिज र हरेक बुकिङमा निश्चित उपहार रहेको कम्पनीले जानकारी दिएको छ।

ग्राहकहरूले टाटाका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभको अनुभव समेत लिन सक्ने र पुराना गाडीलाई नयाँ गाडीको डाउन पेमेन्टका रूपमा प्रयोग गर्न पाउनु कम्पनीले जानकारी दिएको छ।

माघ २८, २०८२ बुधबार १७:५५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।