यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को टिजरमा रोशनी एकल फिचर्ड

यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को टिजरमा रोशनी एकल फिचर्ड

काठमाडौं : फागुन २९ गते प्रदर्शन मिति तोकेको फिल्म ‘लालिमा’को टिमले अभिनेत्री रोशनी कार्की एकल फिचर्ड रहेको टिजर सार्वजनिक गर्यो। निर्माण पक्षले ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।

टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कोठाभित्र मानसिक समस्यामा परेर छटपटाइरहेको दृश्यलाई प्राथमिकता दिइएको छ। टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ। लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो।

फिल्ममा रोशनीसहित अभिनेताहरू शिशिर वाङ्देल, जीवन भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।

माघ २८, २०८२ बुधबार १७:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।