आफ्नै देशमा 'विदेशी'को ट्याग भिराइएकी टासी | मिसन पुस्तान्तरण- २ : टासी ल्हान्जोम | निर्वाचन २०८२

आफ्नै देशमा 'विदेशी'को ट्याग भिराइएकी टासी | मिसन पुस्तान्तरण- २ : टासी ल्हान्जोम | निर्वाचन २०८२

काठमाडौं : नेपाली मुस्लिम हुँदाको सबैभन्दा ठूलो जोखिम हो भारत विरोधी गतिविधिमा संलग्न रहेको अनि पाकिस्तानी एजेन्टको आरोप। यो आरोप लाग्नुको अर्थ हो भारतीय मिडियाबाट आतंकवादी करार हुनु र अकालमा अज्ञात सुटरबाट नेपालमै मारिनु। 

एक हैन, एक दर्जन जति नेपाली नागरिक पुष्टि नै नभएका यस्तै आरोपका कारण आफ्नै देशमा मारिए। यसरी आरोपित हुने अनि मारिने अधिकांश मधेसका नेपाली छन्। पछिल्लो समय बढेको घृणित राजनीतिले अब यो आरोप मधेसको तातोबाट सरेर चिसो हिमाल पुगेको छ।

आरोप बदलिएर पाकिस्तानी एजेन्टबाट तिब्बतीयमा पुगेको छ। यस्तै प्रमाणहीन आरोपको घेरामा घेरिएर संसद्को यात्राका लागि समानुपातिकमा परेर पनि निकालिएर अहिले प्रत्यक्षबाट सङ्घर्षरत उम्मेदवार टासी ल्हान्जोमको संघर्ष मिसन पुस्तान्तरणको दोस्रो शृङ्खलामा।

माघ २०, २०८२ मंगलबार १८:३६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।