नेप्से १२ अङ्कले घट्दा अधिकांश उपसूचक राताम्मे

नेप्से १२ अङ्कले घट्दा अधिकांश उपसूचक राताम्मे

काठमाडौं : नेप्से परिसूचकमा मंगलबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भयो। 

मंगलबार ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ बराबरको कारोबार भयो।

होटल तथा पर्यटन समूह एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ र म्युचुअल फन्ड एक प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ६१, वित्त एक दशमलव ०९, जलविद्युत् शून्य दशमलव ९७, लगानी शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३८ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले घट्यो। त्यस्तै निर्जीवन बीमा शून्य दशमलव ३५, व्यापार शून्य दशमलव ४६ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ।

कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य चार दशमलव ६३ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको ५९ करोड २९ लाख आठ हजार ४११ बराबरको सेयर किनबेच भयो। 

त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १२ लाख ५८ हजार १७७ बराबरको कारोबार भयो।  

माघ २०, २०८२ मंगलबार १५:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।