खेत जोतिरहेको बेलामा गोली हानेर हत्या
सिरहा : खेत जोतिरहेको बेलामा गोली हानेर ४५ वर्षीय प्रेमनाथ यादवको हत्या गरिएको छ। उनी सिरहा नगरपालिका वडा नम्बर ७ स्थित मैनबत्ती खोला किनार नजिकै रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानमा गोली हानेर हत्या गरिएको देखिएको तर कसले हानेको हो भन्ने नखुलेको बताए।
माघ १६, २०८२ शुक्रबार १७:२८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।