सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए।

सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा परेका थिए। चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा  सेलुलाइटिस भएको र सोही कारण उनी यही माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना भएका थिए।

यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

माघ १५, २०८२ बिहीबार २१:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।