ईडिएफ जम्बोरीद्वारा ‘मल्टी-डेस्टिनेशन एड्मिसन डे २०२६’ आयोजना हुँदै
काठमाडौं : ईडिएफ जम्बोरी नेपालले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ‘मल्टी-डेस्टिनेशन एड्मिसन डे २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।
यो शैक्षिक मेला फेब्रुअरीको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।
मेलामा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि उपस्थित हुनेछन्।
विद्यार्थी तथा अभिभावकले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया र अध्ययनपछिको रोजगारीबारे स्पष्ट जानकारी लिन सक्नेछन्।
कार्यक्रममा तत्काल कन्डिसनल अफर लेटर, आवेदन शुल्कमा छुट, र वन-अन-वन काउन्सिलिङको सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ।
‘एभ्रिथिङ स्टार्टस् हेयर’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस मेलाले विद्यार्थीलाई विभिन्न देशका अवसरहरू एकै ठाउँमा तुलना गर्ने अवसर प्रदान गर्नेछ।
१५ वर्षभन्दा बढी अनुभव र १,००० भन्दा बढी विश्वविद्यालयहरूसँग साझेदारी गरेको ईडिएफले हालसम्म पाँच हजार भन्दा बढी विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइसकेको छ।
माघ ७, २०८२ बुधबार १०:०२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।