महिन्द्रा एक्सईभी ९ईलाई प्रतिष्ठित ‘ग्रिन कार अवार्ड २०२६’

महिन्द्रा एक्सईभी ९ईलाई प्रतिष्ठित ‘ग्रिन कार अवार्ड २०२६’

काठमाडौं : महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९ईले अटोमोबाइल क्षेत्रको प्रतिष्ठित सम्मान ‘इन्डिया कार अफ द इयर २०२६’ अन्तर्गत ‘ग्रिन कार अवार्ड २०२६’ प्राप्त गरेको छ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले सो ऐतिहासिक उपलब्धिको जानकारी दिएको हो।

बीएमडब्लु, बीवाइडी, टेस्ला र हुन्डाईजस्ता विश्वचर्चित ब्रान्डहरूसँगको प्रतिस्पर्धामा वातावरणमैत्री प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उत्कृष्ट ठहरिदै महिन्द्राले यो उपाधि जितेको हो।

इङ्लो प्लेटफर्म भएको यो गाडी महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ प्लेटफर्ममा आधारित छ। यसमा शून्य टेलपाइप इमिसन र क्याबिनमा पुनःप्रयोग गरिएका सामग्रीहरूको प्रयोग गरिएको छ।

उच्च क्षमताको ब्याट्री र रिजनरेटिभ ब्रेकिङ सिस्टमले गाडीलाई प्रभावकारी बनाएको छ। अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यो अवार्डले नेपाली बजारमा एक्सईभी ९ईको विश्वसनीयतालाई थप मजबुत बनाएको बताए।

उनले भने, ‘यो सम्मानले हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्जिनियरिङ र दिगो लक्जरी सवारी साधन प्रयोग गरिरहेको विश्वास दिलाउनेछ।’

आईकोटी अवार्डलाई भारतीय अटोमोबाइल क्षेत्रको ‘ओस्कार’ मानिन्छ, जसमा वरिष्ठ पत्रकारहरूको जुरीले प्रदर्शन, डिजाइन र सुरक्षाका आधारमा विजेता छनोट गर्दछन्।

माघ ७, २०८२ बुधबार ०९:५५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।