चर्को आलोचनापछि रुपन्देहीमै फर्किए विष्णु

चर्को आलोचनापछि रुपन्देहीमै फर्किए विष्णु

काठमाडौं : निर्वाचन क्षेत्र बदल्दा डराएको सन्देश जाने भन्दै पार्टीभित्र चर्को असन्तुष्टि बढेपछि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन्। 

शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो। केन्द्रकै नेताले आफ्नो क्षेत्र छाड्दा त्यसको नकारात्मक सन्देश जाने भन्दै असन्तुष्टि बढेपछि पार्टीले आइतबार पुन संशोधन गरेर पौडेललाई रुपन्देही–२ बाटै उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेबाट रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–३ बाट वासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार बन्दैछन्।

विष्णु पौडेल रुपन्देहीबाटै उम्मेदवार बन्ने भएपछि पाल्पा–२, को उम्मेदवारमा नयाँ छान्नुपर्ने भएको छ। गत निर्वाचनमा एमालेकै ठाकुर गैरेले जितेका थिए।

माघ ४, २०८२ आइतबार १८:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।