निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च जाँदै देउवा पक्ष
काठमाडौं । निर्वाचन आयोगको नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ।
शनिबार बसेको देउवा समूहको तत्कालीन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
बैठकले कानुनी पाटोको जिम्मा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो। खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरूसँग छलफल समेत गरिसकेका छन्। त्यसमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ।
गगन थापा र विश्वप्रकाश शर्मा पक्षले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन्।
माघ ४, २०८२ आइतबार १०:१५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।