मेटलाइफ नेपालद्वारा तीन ठाउँमा सेवा विस्तार
काठमाडौं : मेटलाइफ नेपालले देशका विभिन्न तीन ठाउँमा नयाँ एजेन्सी कार्यालयहरू सञ्चालनमा ल्याएको छ। कम्पनीले महोत्तरीको बर्दिबास, मोरङको पथरी र बागलुङमा नयाँ कार्यालयहरू स्थापना आफ्नो सेवा विस्तार गरेको हो।
सेवा विस्तारसँगै ती क्षेत्रका सर्वसाधारण तथा साना व्यवसायीहरूका लागि बीमा सेवाको पहुँच सहज हुने कम्पनीको विश्वास छ। बीमासम्बन्धी सेवा र जानकारीका लागि टाढाका सहर पुग्नुपर्ने बाध्यता रहेका स्थानीयलाई अब आफ्नै समुदायमा व्यक्तिगत सल्लाह र निरन्तर सहयोग प्राप्त गर्न सक्ने मेटलाइफले जनाएको छ।
नयाँ कार्यालयहरूले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै वित्तीय साक्षरता र क्षेत्रीय आर्थिक गतिविधि बढाउन समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ। सन् २००१ देखि नेपालमा सञ्चालित मेटलाइफले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता सेवाहरू प्रदान गर्दै आएको छ।
माघ २, २०८२ शुक्रबार १९:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।