सिजी ब्रान्डको 'तिहार रंगोली' प्रतियोगिताको विजेतालाई साउन्ड बार प्रदान
काठमाडौं : सिजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको 'तिहार रंगोली फोटो सेयर एन्ड विन कन्टेस्ट' को पुरस्कार वितरण गरिएको छ। काठमाडौंको स्वयम्भू निवासी सोयशा श्रेष्ठले प्रतियोगिताको विजेता बन्दै 'सिजी मेरिडिया साउन्ड बार' प्राप्त गरेकी छन्।
सिजी ब्रान्ड (होम अप्लायन्सेस) का प्रतिनिधि भरतप्रसाद साहले विजेता श्रेष्ठलाई सो उपहार हस्तान्तरण गरे। तिहारको उल्लास र मौलिक रंगोली कलालाई डिजिटल माध्यमबाट साझा गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको थियो। पुरस्कार प्राप्त गरेपछि विजेता श्रेष्ठले सिजी टिमप्रति आभार व्यक्त गरिन्।
विगत ४० वर्षदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा सक्रिय सिजी इलेक्ट्रोनिक्सका हाल देशभर २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रहरू सञ्चालनमा छन्। कम्पनीले आफ्नो वेबसाइट 'cgdigital.com.np'मार्फत अनलाइन बिक्री सेवासमेत प्रदान गर्दै आएको छ।
माघ १, २०८२ बिहीबार १९:१९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।