गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक आज, निर्वाचन आयोग जाने तयारी

गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक आज, निर्वाचन आयोग जाने तयारी

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार बस्दैछ।

बुधबार सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा केहीबेरमा बस्दैछ।

महामन्त्री प्रदीप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिका विषयमा छलफल हुनेछ।

बैठक लगत्तै नवनिर्वाचित टोली दलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएकाले सोको आधिकारिक जानकारी गराउन र दलको अभिलेख अद्यावधिक गर्न आयोग जान लागिएको अधिवक्ता राजु कटवालले जानकारी दिए।

उनका अनुसार आवश्यक कागजात र अभिलेख दस्तावेजीकरणसहितको टोली दिउँसो १२ देखि १ बजेको बीचमा आयोग पुग्ने तयारीमा छ।

माघ १, २०८२ बिहीबार ११:५७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।