लगातार बढेको सुनको मूल्यमा ब्रेक, तोलामा १ हजार ५०० रुपैयाँले घट्यो
काठमाडौं : विगत चार दिनदेखि निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
गत आइतबारदेखि बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६३८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९२ डलरमा कारोबार भइरहेको छ।
माघ १, २०८२ बिहीबार ११:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।