नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न, नाफा ४ अर्ब ३३ करोड
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा बुधबार सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंको एलिस रिसेप्सनमा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोडले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।
३ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको शेयरधनी कोषमा ६४ अर्ब ९८ करोड रुपैयाँ छ।
हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिइएको छ।
माघ १, २०८२ बिहीबार ०९:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।