विशेष महाधिवेशनबाट सभापतिमा गगन र महामन्त्रीमा प्रदीप र गुरु निर्विरोध
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई निर्विरोध चयन गरेको छ। सभापतिमा गगनको मात्र उम्मेदवारी परेको थियो। यसैगरि महामन्त्रीमा पनि सर्वसम्मत प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ। गुरु यस अगाडि शेखर कोइराला समूहमा सक्रिय थिए।
महामन्त्रीमा विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने तयारी गरेका थिए। तर शेखर पक्ष पनि समेट्नुपर्ने भएपछि उनी पछि हटेर गुरुलाई महामन्त्री बनाइएको हो। अर्का मन्त्री प्रदीप यस अगाडिको महाधिवेशनमा कृष्ण सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए।
अन्य पदाधिकारीमा पदभन्दा बढीको आवेदन परेकाले निर्वाचन गर्ने या सर्वसम्मत गर्ने भन्ने छलफल जारी छ।
पुष ३०, २०८२ बुधबार १८:५५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।