इनफिनिक्सको नयाँ ट्याब्लेट ‘एक्सप्याड २० प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति?
काठमाडौं : इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट ‘एक्सप्याड २० प्रो’ सार्वजनिक गरेको छ।
पढाइ, काम र मनोरञ्जन सबैलाई लक्षित गर्दै १२ इन्चको ठूलो स्क्रिनसहित यो ट्याब्लेट बजारमा ल्याइएको हो।
डिस्प्ले: १२ इन्चको 2के डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट र आँखाको सुरक्षाका लागि टीयूभी रेनल्यान्ड सर्टिफिकेसन।
प्रोसेसर: हेलियो जी१०० अल्टिमेट प्रोसेसर, जसले मल्टिटास्किङ र गेमिङमा उच्च प्रदर्शन दिन्छ।
कनेक्टिभिटी: इनबिल्ट फोरजी सपोर्ट।
स्मार्ट फिचर: इन्फिनिक्स एआई भएको यसले लेखन सहायता, अनुवाद र सामग्री सारांशजस्ता सुविधा दिन्छ।
साउन्ड र डिजाइन: ४-स्पिकर सिम्फनी सिस्टम र ६.५८ मिलिमिटरको अल्ट्रा-स्लिम मेटल बडी।
सहकार्य: मोबाइल र ट्याब्लेटबीच फाइल सेयर र स्क्रिन कास्ट गर्न मिल्ने।
मूल्य र उपलब्धता:
यो ट्याब्लेट नेपालभरका आधिकारिक स्टोरहरूमा दुई भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको ट्याब्लेट २७ हजारमा उपलब्ध हुँदा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको ट्याब्लेटको मूल्य ३२ हजार तोकिएको छ।
इनफिनिक्सले आकर्षक फिचर र प्रिमियम डिजाइनसहितको यो ट्याब्लेट उचित मूल्यमा उपलब्ध गराएर बजारमा बलियो उपस्थिति जनाउने लक्ष्य राखेको छ।
पुष ३०, २०८२ बुधबार १३:४२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।