कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएपछि थापाले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको मात्रै मनोनयन परेको छ। यससँगै उनी सभापतिका लागि एकल उम्मेदवार बनेका छन्।
बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सहमतिका लागि अन्तिम प्रयासस्वरूप वार्ता गरेका थिए।
तर, देउवा निवासमा भएको उक्त वार्ता निष्कर्षविहीन भएपछि महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको निर्धारित समय सकिएको छ।
सभापतिबाहेक अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ। समितिले आज दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
यसैबीच, मनोनयन दर्ता प्रक्रिया सकिएलगत्तै महामन्त्रीद्वय थापा र शर्माले अहिले कानुनविद्हरूसँग आवश्यक परामर्श गरिरहेका छन्।
पुष ३०, २०८२ बुधबार ११:४२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।