सुन प्रतितोला २ लाख ७८ हजार पुग्यो, चाँदीमा पनि उच्च वृद्धि

सुन प्रतितोला २ लाख ७८ हजार पुग्यो, चाँदीमा पनि उच्च वृद्धि

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनप्रतिदिन नयाँ ऐतिहासिक रेकर्ड बनाउन थालेको छ।

लगातार उकालो लागिरहेको सुनचाँदीको भाउले बुधबार पनि अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उचाइ कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ।

यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम थियो।

बुधबार चाँदीको मूल्यमा पनि अस्वाभाविक र उच्च वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदी एकैदिन तोलामा ३१५ रुपैयाँले महँगिएको छ।

मंगलबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर प्रतितोला ५ हजार ६५५ रुपैयाँ पुगेको छ।

तथ्याङ्क हेर्दा पुस २७ गतेदेखि ३० गतेसम्म मात्रै सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढिसकेको छ भने चाँदीको भाउ तोलामा ६६५ रुपैयाँले बढेको छ।

पुष ३०, २०८२ बुधबार ११:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।