डिजिटल वालेट र पेमेन्ट गेटवेमार्फत ११ अर्ब ८० करोडको 'शंकास्पद' कारोबार

डिजिटल वालेट र पेमेन्ट गेटवेमार्फत ११ अर्ब ८० करोडको 'शंकास्पद' कारोबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनले भुक्तानी सेवा प्रदायकहरूको प्रयोग गरी ११ अर्ब ८० करोड रुपैयाँ भन्दा बढीको 'शंकास्पद कारोबार' भएको खुलासा गरेको छ।

प्रतिवेदनमा उल्लेख भएको केस स्टडी अनुसार एउटा संस्थाको शंकास्पद गतिविधिबाट सुरु भएको अनुसन्धानका क्रममा विभिन्न ४५ वटा रिपोर्टिङ संस्थाहरूबाट ४ सय २८ वटा शंकास्पद कारोबार भएको भेटिएको छ। ती प्रतिवेदनहरूको विश्लेषण गर्दा ३०७ वटा बैंक र डिजिटल वालेट खाताहरू एउटै जालोमा जोडिएको खुल्यो।

केस स्टडीकामा उल्लेख भए अनुसार ११ अर्ब ८० करोड रुपैयाँ भन्दा बढीको शंकास्पद कारोबारमा ३ सय ७ वटा बैंक र डिजिटल वालेटको खाता प्रयोग भएको खुलेको छ। उनीहरूले डिजिटल वालेटको सेटलमेन्ट खाताहरूमा ठूलो मात्रामा नगद जम्मा गर्ने र तुरुन्तै अन्यत्र पठाउने गरेर अवैध कारोबार गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ।

यस अगाडि उकेराले प्रभु म्यानेजमेन्टबारे भएको अनुसन्धानकोक्रममा भारतबाट स्थलमार्गबाट अवैध रूपमा नेपाली रुपैयाँ नेपाल भित्र्याएर इसेवा मनी ट्रान्सफर, आइएमइपे लगायतका चर्चित वालेटहरूको खातामा जम्मा हुने गरेको खुलाएको थियो। यसबारे प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ।

कारोबारको शंकास्पद शैली

अनुसन्धानका क्रममा डिजिटल माध्यमबाट चल्नुपर्ने भुक्तानी सेवा प्रदायकका खाताहरूमा 'अस्वाभाविक' रूपमा पटक-पटक र ठूलो परिमाणमा नगद जम्मा गरिएको भेटियो। नगद जम्मा गर्ने बित्तिकै उक्त रकमलाई विभिन्न सेटलमेन्ट र मध्यस्थकर्ता खाता मार्फत 'लेयरिङ' गरी स्रोत लुकाउने प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ।

विशेष गरी यी कारोबारहरूको उद्देश्य र आर्थिक कारोबारको कारण स्पष्ट नभएको र कारोबारमा प्रयोग भएका विवरणहरू समेत अस्पष्ट रहेको पाइएको उल्लेख छ।

सम्बन्धित समाचार

पुष २९, २०८२ मंगलबार १९:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।