खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

आयकर ऐन २०५८ बमोजिम निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ‘ई-टीडीएस’ अभिलेखमा जनाउन प्यान नम्बर अनिवार्य भएकोले बैंकले यस्तो आग्रह गरेको हो।

खातामा प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सरकारी प्रणालीमा प्रविष्ट हुने र ग्राहकले करकट्टी तथा कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। प्यान अद्यावधिक नगराएको खण्डमा ब्याजकर दाखिलामा समस्या आएमा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ।

ग्राहकहरूले घरमै बसेर बैंकको पोर्टल (panupdate.nicasiabank.com), भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमार्फत प्यान र ईमेल अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयमा गएर निवेदन दिई अद्यावधिक गर्ने व्यवस्था पनि बैंकले मिलाएको छ।

पुष २९, २०८२ मंगलबार १०:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।