टाटा ईभीका लागि १८५ ठाउँमा चार्जिङ प्वाइन्ट : सिप्रदीले तयार गर्यो मजबुत पूर्वाधार
काठमाडौं : नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्नो विद्युतीय सवारी साधन (ईभी)को पूर्वाधार र सेवा केन्द्रहरूलाई देशव्यापी रूपमा विस्तार गरेको छ। ग्राहकहरूको सुविधा र विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले चार्जिङ नेटवर्क र अत्याधुनिक सेवा केन्द्रहरू थप गरेको हो।
नेपालका १८५ भन्दा बढी स्थानमा चार्जिङ प्वाइन्टहरू सञ्चालनमा ल्याएको सिप्रदीले जनाएको छ। चार्जिङ प्वाइन्ट विस्तारले लामो दूरीको यात्रा गर्ने ईभी प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान कम्पनीको विश्वास छ। विद्युतीय सवारीको गुणस्तरीय मर्मत सम्भारका लागि कम्पनीले १६ भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ।
विद्युतीय सवारीको मुख्य हिस्सा मानिने ब्याट्रीको जाँच र मर्मतका लागि सिप्रदीले छुट्टै 'ब्याट्री डायग्नोस्टिक रिस्टोरेसन केन्द्र' स्थापना गरेको छ। त्यस्तै सिप्रदीले आफ्नो 'एक्सचेन्ज क्याम्प'मार्फत गाडी बुकिङ गर्नेहरूलाई आजीवन नि:शुल्क चार्जिङ सुविधा दिने घोषणा गरेको छ। यो सुविधा सिप्रदीको आफ्नै नेटवर्कभित्र उपलब्ध हुनेछ। सिप्रदीले नेपालमा विद्युतीय सवारीको इकोसिस्टम निर्माण गर्न चार्जिङ स्टेसन, दक्ष प्राविधिक र अत्याधुनिक वर्कसप निर्माणमा लगानी गरिरहेको छ।
पुष २८, २०८२ सोमबार १९:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।