गगनले भने : महाधिवेशन चाह्यो भने नेता पनि बदल्छ, नीति पनि बदल्छ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको सबैभन्दा शक्तिशाली भनेको महाधिवेशन भएको भन्दै यसले नेता अनि नीति जे पनि बदल्न सक्ने बताए। उनले भोली सोमबार बिहान ८ बजेबाट बन्द सत्र सुरु हुने र त्यसमा उद्घाटन सत्रमा नआएका नेताहरू समेत आउने आशा व्यक्त गरे।
"आज यस कार्यक्रममा नआउने नेताहरू पनि भोलीको बन्द सत्रमा आउनु हुन्छ भन्ने मेरो आशा हो। तर आउने/नआउने उहाँहरूको मर्जी। पार्टीको सबैभन्दा शक्तिशाली नेता हैन महाधिवेशन हो। यसले चाह्यो भने नेता पनि बदल्छ, नेतृत्व पनि बदल्छ र विधान पनि बदल्छ।"
उनले आक्रोशमा नभई विवेक प्रयोग गरेर निर्णय गर्न आग्रह गर्दै पार्टी महाधिवेशनको बन्द सत्रको हलले जे निर्णय गर्छ त्यो स्वीकार गर्नु सबैको दायित्व भएको बताए।
पुष २७, २०८२ आइतबार १८:५८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।